महालक्ष्मी विकास बैंकका ग्राहलाई विभिन्न स्थानमा छुट


महालक्ष्मी विकास बैंकले स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका संस्थासँग सम्झौता गरी आफ्ना ग्राहलाई छुट दिने भएको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले विशालनगरस्थित आरोगिन हेल्थ केयरका कपाल रोप्ने र कपाल झर्ने रोगको उपचारमा ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

इटहरीको होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० प्रतिशत, मैतिदेवीको बुँइगल लाउन्ज एण्ड बारमा १५ प्रतिशत, लाजिम्पाटको एल्लो हात्तिका सेवाहरुमा बढीमा १० प्रतिशत, इटहरी र मैतिदेवीको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरुमा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।