सिटिजन्स बैंकका खातावाललाई वेबोर होम अप्लायन्समा छुट


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्स बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्सका सामान खरिद गर्दा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।