निवर्तमान अध्यक्ष आचार्यको संयोजकत्वमा इप्पानको सल्लाहकार समिति गठन


स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सल्लाहकार समिति गठन गरेको छ । इप्पानले संस्थाको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको हो ।

संस्थाको २१ सदस्यीय सल्लाहकार समितिमा पूर्व राज्यमन्त्री एवं ऊर्जा उद्यमी उमेश श्रेष्ठ, प्रतिनिधिसभाका सांसद एवं ऊर्जा उद्यमीहरु दीपक खड्का र एलपी साँवा लिम्बू, इप्पानका पूर्व उपाध्यक्ष कुमार पाण्डे, पूर्व सांसद एवं ऊर्जा उद्यमी डेढराज खड्का, वरिष्ठ ऊर्जा उद्यमीहरू गुरूप्रसाद न्यौपाने, ई. भानु पोखरेल, वीरेन्द्र बहादुर न्यौपाने, बटु लामिछाने र पुष्पज्योति ढुंङ्गानालाई सल्लाहाकार समितिको सदस्यमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी ऊर्जा उद्यमीहरु, केशव बहादुर रायमाझी, अर्जुन प्रसाद गौतम, सुशिल थापा, अनुप आचार्य, धुर्व प्रसाद उप्रेती, जगत पोखरेल, कृष्ण आचार्य, मनोज गोयल, सुनिल केसी, इन्दिरा पन्तलाई पनि इप्पानको सल्लाहकारमा नियुक्त गरिएको छ ।

इप्पान विधानको परिच्छेद ९ को धारा १ अनुसार इप्पानमा २१ सदस्यीय सल्लाहाकार समिति गठन गर्न सक्ने व्यवस्था छ । सोही अनुसार मिति असार १ गते बसेको इप्पान कार्यसमितिको बैठककोले सल्लाहकार समिति गठन गरेको हो ।

विधानमा भएको व्यवस्था अनुसार सल्लाहाकार समितिका सदस्यहरूले समितिको बैठकमा उपस्थित भई आवश्यक परामर्श दिन सक्नेछन । सल्लाहाकार समितिको काम कर्तव्य र अधिकार कार्यसमितिले तोकेबमोजिम हुने उल्लेख छ ।

यसै गरी ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाएका विज्ञहरू रहने एक छुट्टै विज्ञ सल्लाहाकार समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।