जो बाइडनका छोरा हन्टरद्वारा आयकर नतिरेको स्वीकार


अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन् ।

हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन् ।

हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले मङ्गलबार आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन् ।

“राष्ट्रपति र प्रथम महिलाले आफ्नो छोरालाई माया गर्छन् र उसलाई सहयोग गर्छन् किनकि उसले आफ्नो जीवनको पुन: र्निर्माण जारी राख्छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “हामीले थप कुनै टिप्पणी गर्ने छैनौं,” विज्ञप्तिमा भनिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।