नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, कति तोकियो भाउ ?

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधबारको अन्तिम कारोबार मूल्य ७८० रुपैयाँलाई आधार मानेर बोनस समायोजन गरी समायोजित मूल्य निर्धारण गरेको हो ।बोनस समायोजनपछि कम्पनीको प्रतिकित्ता ७४४ रुपैयाँ ६३ पैसा तोकिएको छ ।  यससँगै बिहीबार कम्पनीको सेयर बुधबार समायोजन भएको भाउलाई आधार मानेर खुल्नेछ ।

आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले असार १५ गते अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान साढे ११ बजे आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लाभांश तथा सभामा प्रयोजनार्थ कम्पनीले असार ७ गते बिहीबाार बुकक्लोज गर्दैछ । तसर्थ असार ७ गतेपछि समायोजित भाउमा सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछैनन् भने ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।