हिमालयन बैंकका ग्राहकले आरोगिन हेल्थ केयरमा उपचार गर्दा छुट पाउने


हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टर बीच बैंकका ग्राहकहरुलाई छुट दिने सम्झौता भएको भएको छ ।

काठमाडौँको विशालनगरमा रहेको हेल्थ केयर सेन्टर र बैंकबीच भएको सम्झौता अनुसार उक्त संस्थाले हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकलाई विभिन्न किसिमका सेवाहरुमा छुट उपलब्ध गराउनेछ ।

आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याव सेवाहरुमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४ घण्टा ७ दिने नर्सिङ्ग केयर सेवामा १५ प्रतिशतसम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन वा भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।