आइएलओको अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आयोग सदस्य डा. फुयाल जेनेभा प्रस्थान

0
Shares

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् ।

सामाजिक सुरक्षा र सार्वजनिक वित्त व्यवस्थापनबीच समन्वय सुधार गर्न आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन सदस्य फुयाँल आइतबार विहान कतारको दोहा ट्रान्जिट भएर स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका हुन् ।

जुन १८ देखि २८ सम्म हुने सेमिनारमा नेपालका तर्फबाट सदस्य फुयाँलले सम्वोधन समेत गर्नेछन् । नेपालमा श्रमिक समस्या, रोजगारीको अवस्था लगायतका विषयमा डा. फुयाँलले सम्वोधन गर्ने कार्यसूची छ । सेमिनारमा सहभागी भएर फुँयाल जुलाई १ मा स्वदेश फर्कनेछन् ।

आईएलओ, युनिसेफ, ग्लोबल कोलिसन फर सोशल प्रोटेक्शन फ्लोर्स र युरोपेली युनियनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीले दिगो विकास र निर्माणका लागि नवीन अभ्यास र रणनीतिहरूबारे छलफल गर्ने छ । यस गोष्ठीमा एशिया, युरोप, अफ्रिका, अमेरिकाका विभिन्न देशका नीति निर्माताहरू, सामाजिक साझेदारहरू, नागरिक समाज र विकास साझेदारहरू सहभागी हुँदैछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० असार २०८०, आइतबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।