हिमस्टार उर्जा कम्पनीले सवा ११ करोडको आईपीओ ल्याउने

0
Shares

हिम स्टार उर्जा कम्पनीले सवा ११ करोड मूल्यको प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ लाख १९ हजार कित्ता बराबरले हुन आउने ११ करोड १९ लाख मूल्यको सेयर सर्वसाधारणमा निष्कासनको अनुमति माग गरेको हो ।

कम्पनीले आईपीओ बिक्रीको माग गर्दै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जेठ ३१ गते आवेदन दिएको हो । नेपाल धितोपत्र बोर्डबाट आईपीओ अनुमति पाएपछि कम्पनीले सेयर निष्काशन गर्ने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सीमानामा पर्ने बुकु खोलामा ५ मेगावाट क्षमताको बुकु–कपती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।