जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध सवा करोड भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

मिश्रविरुद्ध अख्तियारले एक करोड ३० लाख ४५ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

२०५७ असार ८ गते सार्वजनिक सेवा प्रवेश गरेका मिश्रले २०७८ कार्तिक २६ गतेसम्म एक करोड ३० लाख ४५ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

मिश्रले सेवा अवधिमा एक करोड १३ लाख ४५ हजार ८०५ रुपैया आम्दानी गर्दा २ करोड ४३ लाख ९१ हजार ५६५ खर्च तथा लगानी गरेको देखिएको आयेगले जनाएको छ । निजले प्राप्त गरेको आय रकम १ करोड ३० लाख ४५ हजार ७६० रूपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत खुल्न नआएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको देखिएको भन्दै उनीहरुलाई पनि प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।