कुवेतको अल मुजैनी एक्सचेन्जका ११८ शाखाबाट इसेवा रेमिट्यान्स सुरु


संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्र«ान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपालमा पैसा पठाउन सक्छन् । आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाका साथै इसेवा वालेटबाट त्यस्तो रकम लिन सकिनेछ । यसरी रेमिट्यान्सबाट आउने रकम सोझै इसेवा वालेटमा बुझ्दा अतिरिक्त ७७ रुपैयाँ बोनस उपलब्ध हुने इसेपा रेमिटले जनाएको छ ।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा उत्साहित भएको बताए । नेपालीहरुका लागि कुवेत वैदेशिक रोजगारीका विगतदेखि नै आकर्षक गन्तव्यका रुपमा रहेको र धेरै नेपाली बसोबास गरिरहेको अवस्थामा सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सलिो हुने कोइरालाको विश्वास छ ।

अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेम््ियान्स सेवा प्रदायक कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।