‘माई पे’ वालेटले एसईई उत्तीर्ण विद्यार्थीलाई मासिक पाँच हजारसम्मको छात्रवृत्ति दिने


माई पे डिजिटल वालेटले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गर्दै ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । वालेटले एसईई पास भएका १०० जना विद्यार्थीहरुलाई मासिक पाँच हजार रुपैयाँसम्मको छात्रवृत्ति दिन लागेको हो ।

एसईई पास गरेका युवा विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति योजना ल्याएको माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।

“नविन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्,” मेहताले भने, “त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो,” कार्यक्रम सुरुवात गर्न पाउँदा निकै उत्साहित रहेको समेत बताए ।

छात्रवृत्ति कार्यक्रममा ९९ जना विद्यार्थीले मासिक ५०० रुपैयाँको दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक ५ हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माई पे वालेट डाउनलोड गरी वालेट भित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि  १० रूपैयाँ शुल्क लाग्नेछ ।

देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेश गर्नुपर्नेछ ।  साउन मसान्तसम्म छात्रवृत्तिका लागि आवेदन दिन सकिने माइ पेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।