कामना सेवा विकास बैंकको १०६ औं शाखा भक्तपुरको लोकन्थलीमा

0
Shares

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा यही मंसिर २४ गते आफ्नो १०६ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

उक्त शाखाको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा उद्घाटन गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने प्रतिवद्धता जनाए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।