नेपाल रेमिटबाट पठाएको पैसा नबिल बैंकबाट झिक्न सकिने


विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम सिधै नबिल बैंकको बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स् हेड मनिषा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममा रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

नेपालमा रेमिट्यान्स भित्र्याइ देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुगेको कम्पनीको विश्वास छ । यो सम्झौतासँगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।