नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन


नागरिक लगानी कोष (सीआइटी) को लाभांस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले असार १९ गते बुक क्लोज गर्ने तय गरिएको थियो ।

जस अनुसार आज असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

२८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८\७९ को नाफाबाट लगानीकर्तालाई प्रस्तावित २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, नाफा र नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ । कम्पनीले २८ औं वार्षिक साधारण सभा असार ३१ गते बोलाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।