एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट्सको एकिकृत कारोवार सुरु

0
Shares

एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट्स गाभिएर बनेको “एनआइएमबि एस क्यापिटल लिमिटेड” ले आषाढ १८ गते सोमबारदेखि एकिकृत कारोबार सञ्चालन सुरु गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले र मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धमा गत जेठ २९ गते सम्पन्न दुवै संस्थाहरुकोे विशेष साधारण सभाले सो प्रस्ताव पारित गरेको थियो ।

प्राप्ति (एक्विजिसन) पश्चात कम्पनीको चुक्ता पूंजी ४७ करोड, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरु पुगेका छन । ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ ।

यस प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हँुदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापीटलले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।