अल्पकालिन लगानीकर्ता हाबी हुँदा ३ दिनमा ११० अंकले घट्यो नेप्से

0
Shares

पछिल्लो केहि साता निरन्तर बढेर २१८६ विन्दुसम्म पुगेको सेयर बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा पछिल्लो तीन कारोबार दिनमा नेप्से ११० अंकले ओरालो लागेको छ ।

गत बुधबार ३५.३७ अंकले घटेको नेप्से, आइतबार ५३.७० अंक तथा सोमबार २१.३२ अंकले झरेर ३ दिनमा ११०.३९ अंक तल झरेर २०७५.९७ विन्दुमा ओर्लिएको छ । गत विहीबार सार्वजनिक विदाका कारण बजार बन्द थियो ।

निरन्तर ओरालो लाग्ने क्रममा रहेको नेप्से १८२१ विन्दुसम्म झरेपछि क्रमश उकालो लाग्न थालेकेको थियो । १८२१ को विन्दुबाट २१८६ सम्मको विन्दुमा आइपुग्दा बजारमा अल्पकालिन लगानीकर्ताहरु सक्रिय देखिएका छन । जसले गर्दा केहि दिन बजार बढ्ने वित्तीकै त्यसैगरी ओरालो लाग्ने गरेको छ । छोटो अवधिमा गरिएको नाफा सुरक्षित गर्नेक्रमले बजारमा उतारचढाब कायमै रहेको छ ।

सोमबार नेप्से दोहोरो अंकले घटेर २०७५.९७ विन्दुमा झरेर बन्द भएको हो । आज चार अर्ब ५ करोड १० लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। आज कारोबार भएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सोमबार १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, बिपीडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटल्स रहेका छन्। साथैं, चन्द्रागिरी हिल्सको ३.६८ प्रतिशत, एनएलजि इन्स्योरेन्सको २.८१ प्रतिशत, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको २.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी लक्ष्म इक्युटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी, यस दिन सोल्टी होटल र नागरिक लगानी कोषको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।