​छायाँ सेन्टरमा मंसिर २७ गतेदेखि क्रिसमस मार्ट २०१९, लाइभ कन्सर्टका साथमा विविध कार्यक्रम

0
Shares

क्रिसमस डे नजिकिदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ आयोजन हुने भएको छ ।

मंसिर २७ गतेदेखि तीन दिनसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन् । क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालनहुने आयोजकले जनाएको छ ।

नेपाल भ्रमणबर्ष २०२० को प्रबद्धनका लागि नेपालपर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्डट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसनको आयोजनमा मंसिर २७ देखि २९ गतेसम्म क्रिसमस मार्ट २०१९ संचालन हुन लागेको आयोजक संस्थाका अध्यक्ष विजय सागर प्रधानले बताए ।

उक्त कार्यक्रमको जमर्न दुतावासका डेपुटी चिफ अफ मिशन डा। क्लाउडिया हाईपले मंसिर २७ गते शुक्रबार ४ बजे उद्घाटन गर्ने क्रार्यक्रम रहेको छ ।

ठमेल स्थित छाँया सेन्टरमा आयोजनाहुने क्रिसमस मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस् , लु सिडड्रिम्स तथा प्रितिकाथापा मगर लगायतको लाइभ प्रस्त्ुति रहने आयोजकले जनाएको छ ।

साथै नजिकदै गरेको क्रिमसश डे लाई लक्षितगर्दै विभिन्न स्टलहरु पनि रहने छन् । विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ताक्लज, किडजोन लगायतआर्कषक उपहार समेत रहने आयोजकले जनाएको छ ।

हरेक बर्ष डिसेम्बर २५ का दिनमाविश्वभर किसमश डे मनाउने गरिन्छ । नजिकदै गरेको क्रिसमस डे र नेपालभ्रमणबर्ष २०२० बो पूर्वसन्ध्यामागरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।