अपर तामाकोशीले पायो धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद बेच्न अनुमति

0
Shares

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुक्ता पुँजी बराबर (शतप्रतिशत) हकप्रद बिक्री गर्न अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई असार २२ गते शुक्रबार हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएसँगै अब कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनपछि चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर बिक्रीबाट प्राप्त हुने रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी ५ जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

जलविद्युत् कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद सेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि जलविद्युत कम्पनीहरु धमाधम हकप्रद बिक्री गरेर सेयरधनीबाट रकम उठाउन थालेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।