अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

0
Shares

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर बाँडफाँड पश्चात सेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीको आईपीओ असार २२ गते शुक्रबार बाँडफाँड भएको थियो । जसमा ५३ हजार ९५० जना सर्वसाधारणले गोलाप्रथाबाट १० कित्ताका दरले कुल ५ लाख ३९ हजार ५०० कित्ता प्राप्त गरेका छन् ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत सिद्धार्थ क्यापिटल लिमिटेडले नै निर्वाह गरेको थियो ।

यस कम्पनीले लमजुङ्ग जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।