शिवम् सिमेन्टद्धारा २५ औं एसियन यथलेटिकस् च्याम्पियनसिपका खेलाडीलाई प्रायोजन

0
Shares

शिवम् सिमेन्ट लिमिटेडले असार २७ गतेदेखि श्रावण १ गतेसम्म थाईल्याण्डको पटैयामा सञ्चालन हुन लागको २५ औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई प्रायोजन गरेको छ ।

यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजकको रुपमा सहभागि भइसकेको छ ।

एसियन यथलेटिकस् च्याम्पियनसिपमा को २५ औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागि जनाउनको लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउने भएका छन् । उत्त यथलेटिक्समा सहभागि खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हाँसिल गरि सकेका छन् ।

एसियन यथलेटिकस् एसोशियशनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिकस् च्याम्पियनसिप अघिल्लो पटक चिनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन् ।

सहभागि खेलाडी मध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन यथलेटिकस् मा १०० मिटर र २०० मिटर दूरीको दौडमा सहभागि हुनेछन, जसमा आयुष कुँवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्यानशीप हन । ए.पि.एफ क्लवकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १० हजार मिटर दौडमा सहभागि हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्याम्पियनशीप हुन् ।

नेपाल एथलेटिक्स एसोसियशनका तार्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।