माण्डु हाइड्रोपावरको आइपीओ बिक्री खुला


माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये २ लाख ७२ हजार ७३० कित्ता सेयर अति प्रभावित क्षेत्रका वासिन्दाका लागी निष्काशन गरेको छ । यस्तै सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशतको १ लाख ३६ हजार ३६४ कित्ता सेयर नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निमित्त निष्काशन गरेको छ ।

कम्पनीको आइपीओमा अति प्रभावित क्षेत्र (ललितपुर जिल्लाको वागमती गा. पा. वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गा.पा. वडा नं. ५,६,७ र ८ तथा ईन्द्र सरोवर गा.पा. वडा न. ३) का स्थानिय वासिन्दाले आवेदन दिन पाउने छन् । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आइपीओमा आज असार २८ गतेदेखि साउन ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि साउन २६ गतेसम्म लम्बिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्कमा आई पनि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको बारेमा

कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत १८ गतेबाटै विद्युत उत्पादन सुरू गरिसकेको छ । आयोजनमा ४ अर्ब १ करोड ९४ लाख लगानीमा निर्माण भएको हो । यसको लागत प्रतिमेगावाट लगानी १८ करोड २७ लाख छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष ३ महिना बाँकी रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।