शुक्रबार कतिमा साटिन्छ डलर ?


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४६ रुपैयाँ ३७ पैसा र बिक्री दर १४७ रुपैयाँ ०७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १७१ रुपैयाँ २५ पैसा र बिक्री दर १७२ रुपैयाँमा ०३ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९२ र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।