एडिबीद्वारा बङ्गलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत


एसियाली विकास बैङ्क (एडिबी) ले बङ्गलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ ।

मनिलास्थित बैंकले ‘शहरी सुशासन र पूर्वाधारमा सुधार’ कार्यक्रमको उद्देश्य सहरी प्रशासनलाई सुदृढ पार्नु र नगरपालिका सेवाहरूको सुधारिएको सेवा वितरणका लागि पूँजी लगानी प्रदान गर्नु रहेको जनाएको छ ।

एडिबीले यो ऋणले सहरी सुशासन सुधार कार्ययोजना तयार गरी कार्यान्वयन गर्न तथा अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई डिजिटल प्रणालीमा लान सहयोग पुग्ने जनाएको छ ।

यस ऋणले महिलाको नेतृत्वदायी भूमिकालाई बढावा दिन, महिला तथा जोखिममा परेकाहरूको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न, बजेट विनियोजनमार्फत समानताको खोजी गर्न योगदान गर्ने बताइएको छ । ऋण सहयोगले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न, सामाजिक रूपमा समावेशी सार्वजनिक स्थान र सुविधाहरूमा दिशानिर्देशहरू अपनाउने विशिष्ट कार्यहरूमा योगदान गर्ने एडिबीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।