सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रिय सभाका सांसदको माग


राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् । आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गरे ।

आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिँडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने खुर्ती, गुट्खा, पान मसला प्रतिकिलो प्रतिकिलो ६० रूपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाई असुल हुने उल्लेख गरेको छ ।

प्रस्तावमा बिँडीमा प्रतिखिल्ली ३० पैसाको सट्टा ४०, चुरोट र सिगार ६० पैसाको सट्टा ७५ पैसा कामय गर्ने र खुर्ती, गुट्खा, पान मसला तयारी प्रतिकिलो ६० रुपैयाँ रहेकामा बढाएर ७० रुपैयाँ पु-याउन माग गरिएको छ ।

सुर्तीजन्य वस्तुको प्रयोगका कारण स्वास्थ्यलाई हानि गर्ने र क्यान्सरजस्तो गम्भीर रोग निम्त्याउने भएका कारण स्वास्थ्य सेवा कर बढाइनुपर्ने सांसद दाहालले बताए । सुर्तीजन्य वस्तुको बिक्री वितरणबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव राष्ट्रियसभाबाट आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।