आईएमई लाइफको आईपीओ बाँडफाँड शनिबार हुँदै, ७४% ले हात पार्दै सेयर

0
Shares

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा जारी गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) शनिबार बिहान बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ असार ३० गते शनिबार बिहान ११ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका कमोजिम कम्पनीको आईपीऋो बाँडफाँड हुनेछ । मागभन्दा उच्च आवेदन परेका कारण कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा कुल आवेदकको ७४ प्रतिशतले सेयर पाउनेछन् भने २६ प्रतिशत आवेदको हात खाली हुने देखिएको छ । उक्त तथ्याङ्क कम्पनीको आईपीओमा अन्तिम दिनसम्म परेको तथ्याङ्कलाई आधार मान्दा देखिएको हो । यद्यपी प्रमाणिकरपश्चात केही आवेदक रद्द हुने हुनाले उल्लेखित प्रतिशतभन्दा केृही बढीले सेयर पाउने अवस्था रहन सक्छ ।

कम्पनीले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो । उक्त सेयरको प्रि–अलोटमेन्ट सम्पन्न भईसकेको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ९४ हजार ७७० आवेदकबाट कुल ३ अर्ब ७५ करोड ४ लाख ३६ हजार ९२२ रुपैयाँ बराबरको १ करोड ५८ लाख ३० हजार ६४० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा १.६५ गुणाले बढी हो ।

कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा ३ लाख ३४ हजार ७७० जनाको भने हात खाली देखिएको छ ।

कुल १ करोड २० लाख कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।