अभिनेत्री सुरक्षा पन्त सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर घोषित


चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा. लि.ले अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । सुरक्षा पन्त र कम्पनीबीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्दन गर्ने कम्पनीको विश्वास छ ।

सुरक्षा पन्त तीन प्रमुख खण्डहरूमा सि.जी. इलेक्ट्रिकको अनुहार हुने विज्ञप्तिमा उल्लेख छ । चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरूको प्रवर्दनमा पन्तको उपस्थिती हुने बताइएको छ । सि.जी. इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषज्ञता र सम्बन्धित कोटीहरूमा असाधारण उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्नेकम्पनीको अपेक्षा छ ।

सहकार्यको बारेमा टिप्पणी गर्दै, सि.जी. का उपाध्यक्ष एस. सी. साबूले भने, “हामी सुरक्षाजीसँग हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध हुन पाउँदा खुसी छौं । उनको अनुग्रह, प्रामाणिकता र उनको कामप्रतिको समर्पण हाम्रो सि.जी. इलेक्ट्रिक ब्रान्डको मार्गदर्शनसँग स्पष्ट रूपमा मिल्छ । हामी विश्वस्त छौं कि हाम्रो ब्रान्डसँगको उनको सहकार्यले हाम्रो ब्रान्डलाई अर्को स्तरमा पु¥याउनेछ र यसलाई हाम्रा उपभोक्ताहरू बीच एक विश्वसनीय ब्रान्डको रूपमा स्थान दिनेछ ।”

सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सि.जी. इलेक्ट्रिकसँग आबद्ध हुनपाउँदा म सम्मानित छु । सि.जी. इलेक्ट्रिकले नवीन र उच्च गुणस्तरका उत्पादनहरू प्रस्तुत गर्दछ, र म यी क्षेत्रहरूमा सि.जी. इलेक्ट्रिकको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।