बर्जर रंगोत्सवको विजेताहरुको घोषणा

0
Shares

बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ। विसं २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप–२०२२ का अवसरमा सञ्चालन गरिएको अफरकाे विजेताहरुको घोषणा गरिएको हाे ।

बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारहरु जितेका छन्। लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च लिड टीभीको बम्पर पुरस्कार जितेका छन्। यसका साथै बुटवलका भूपनारायण पौडेल र वीरगन्जका शिवकुमार नन्दवालले सामसुङ ३४५ लिटर रेफ्रिजेरेटर पुरस्कार प्राप्त गनेका छन्।

अन्य पुरसकारहरुमा भाग्यशाली विजेताहरुले १० वटा सामसुङ ७.२ केजी वासिङ मेसिन २० वटा सामसुङ ए-३७ मोबाइल फोन र ७५ वटा एक्युफिट स्मार्ट वाचहरु प्राप्त गरेका छन्।

चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५०० घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ र गत वर्षभन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भइरहेको कम्पनीको भनाइ छ।

डिजिटल प्रतियोगिताका विजेताहरुको पूर्ण सूची बर्जर पेन्ट्स नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध छन्।

बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालि नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो। जसले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।