सुनको भाउ बढ्यो


चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो दिन मंगलबार सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर बनेको सुनको भाउ आज ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबारका लागि छापावाला सुनको भाउ १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण गरिएको थियो ।

आज तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो पनि चाँदी सोही भाउमा कारोबार थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९६० दशमलव ०४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।