बलेफी हाइड्रोपावरले संशोधन गर्यो हकप्रद प्रस्ताव

0
Shares

बलेफी हाइड्रोपावर लिमिटेडले ऋण तिर्न अपुग हुने भएपछि यसअघि प्रस्ताव गरेको हकप्रद प्रस्ताव संशोधन गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले यसअघि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेकोमा अब त्यसलाई बढाएर शतप्रतिशत (१m१) अनुपातमा हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले हकप्रद सेयर बिक्री गरेको पैसाले बैंकको ऋण तिर्न नपुग्ने भन्दै प्रस्तावित ५० प्रतिशतलाई वृद्धि गरी १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त निर्णय अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने समेत जनाएको छ । हाल बलेफीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार छ । सभाबाट पारित भए कम्पनीले त्यति नै पुँजी बराबरको हकप्रद बिक्री गर्नेछ । त्यसपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २३ करोड ७२ लाख नोक्सानीमा छ भने सञ्चित जगेडा कोष नोक्सानी बढेर ३३ करोड नाघेको छ । कम्पनीले ६ अर्ब ६५ करोड ४७ लाख दीर्घकालीन र १८ करोड १६ लाख रुपैयाँ अल्पकालीन ऋण उपयोग गरेको वित्तीय विवरणमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।