प्राइम बैंकको साढे १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेडको १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर बिक्रमिा ल्याएको छ ।

बैंकले साउन ३ गते बुधबारदेखि उक्त सेयर विद्यमान संस्थापक शेयरधनी एवम् सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् । साउन १७ गतेभित्र आवेदन पेस गरिसक्नुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ ।

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र साउन १८ गते बिहान ११ बजे खोलिने सूचनामा उल्लेख छ । बैंकको संस्थापक धितोपत्र दोस्रो बजारमा अन्तिम पटक १४७ रुपैयाँमा कारोबार भएको छ । साधारण सेयर भने बुधबार प्रतिकित्ता २१० रुपैयाँ छ ।

बैंकको सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।