महुली लघुवित्तको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

0
Shares

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ ।

कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले २०८० साउन १ गतेदेखि लागू हुने गरी आगामी दुई वर्षका लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यसअघि पनि कम्पनीको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नै रहेको थियो । असार ३१ गते शेयर रजिष्ट्रार सम्बन्धी काम गर्ने सम्झौताको म्याद सकिएकाले कम्पनीले पुनः सनराइज क्यापिटलसँग सम्झौता गरेको हो ।

सेयर रजिष्ट्रारले सम्बन्धीत कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम गर्ने गर्दछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।