सिभिल लघुवित्त बन्यो हिमालयन लघुवित्त

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । यसअघि नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार हुँदै आएको कम्पनीले आफ्नो नाम परिवर्तन गरी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरेको हो ।

कम्पनीको नाम परिवर्तनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० असार २१ गते स्वीकृति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सूचना जारी गर्दै नाम परिवर्तन भएको जानकारी दिएको हो । कम्पनीको नाम परिवर्तन सम्बन्धी प्रस्ताव २०७९ फागुन २९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।

साविक कम्पनीको नाममा रहेको सम्पूर्ण चलरअचल सम्पत्ति तथा तिर्नु र व्यहोर्नुपर्ने कर, दायित्व आदि समेत परिवर्तित नामको कम्पनीले सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको हो ।

हिमालयन बैंक लिमिटेड र सिभिल बैंकबीच मर्जर भएपछि सिभिल बैंकको सहायक कम्पनीको रूपमा रहेको सिभिल लघुवित्तको नाम पनि हिमालयन बैंकसँग मिल्नेगरी परिवर्तन गरिएको हो । हिमालयन लघुवित्तको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको छ ।

कम्पनीको नाम परिवर्तन भएसँगै अब कम्पनीको नेप्सेमा कारोबार हुँदै आएको स्टक सिम्बोल पनि परिवर्तन हुनेछ । हाल कम्पनीको सेयर सिएसबिएसएल (CLBSL) कारोबार संकेतमा खरिद बिक्री हुँदै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।