अरुण काबेली पावरको बोनस सूचीकृत

0
Shares

अरुण काबेली पावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत उक्त बोनस सेयर साधारण सभा प्रयोजनका लागि सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि मात्र दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

कम्पनीको २०७९ कार्तिक ३० गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो । साधारण सभा प्रयोजनका लागि कार्तिक १८ गते बुकक्लोज गरेकाले कार्तिक १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै उक्त बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।