सुनको भाउ रेकर्ड मूल्यबाट घट्यो, चाँदीमा पनि गिरावट


बिहीबार रेकर्ड मूल्य बनाएको सुनको भाउमा आज भने ८ सय रुपैयाँले गिरावट आएको छ । बिहीबार सुन तोलाको ५०० रुपैयाँ वृद्धि भई १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

यसअघि जेठ १८ गते सुनको भाउ १ लाख १३ हजार ३ सय पुगेको थियो । सुनको भाउले जेठ १८ गतेको रेकर्ड साउन ४ गते (बिहीबार) तोडेको हो ।

आज ८ सय रुपैयाँले घटेसँगै छापावाला सुनको भाउ १ लाख १२ हजार ८ सय रुपैयाँमा कायम छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज तेजावी सुनको भाउ १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कायम थियो ।

यस्तै बिहीबारको तुलनामा चाँदी शुक्रबार १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४८५ मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९७० दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।