सानिमा माई हाइड्रोपावरको साधारण सभा पुस २७ गते

0
Shares

सानिमा माई हाइड्रोपावर लिमिटेडले पुस २७ गते सेलिब्रेसन हाईट सुकेधारामा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
आठौं वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५।७६ वर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ।

यसैगरि बोस शेयर जारी पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरि कम्पनीके प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, र नियामक निकायबाट कुनै संसोधन तथा परिमार्जन गर्न निर्देशन आएमा सोही अनुसारको कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ।

कम्पनीले पुस ७ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा शेयर खरीद गरि कायम रहेका शेयरधनीले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछ।