‘सर्टिफिकेट अफ मेरिट’बाट माछापुच्छ्रे बैंक सम्मानित

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड सम्मनित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने ‘नेशनल वेष्ट प्रेजेन्ट एन्नुअल रिपोर्ट (बीपीए) अवार्ड, २०२२’बाट यो बैंक सम्मानित भएको हो ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।