किसान लघुवित्त र जाल्पा लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको कारोबार रोक्का

0
Shares

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता सम्पन्न भएको छ ।

जाल्पा लघुवित्त र किसान लघुवित्तबीच साउन ९ गते मंगलबार एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी समझदारीपत्रमा अपरान्ह ५ बजे हस्ताक्षर भएको किसान लघुवित्तका कम्पनी सचिव सजल खड्काले जानकारी दिए । दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदनबाट स्वाप रेसियो निर्धारण हुने बताइएको छ ।

मर्जर सम्झौता सम्पन्न भएसँगै नेप्सेले किसान लघुवित्तका ३९ जना र जाल्पा लघुवित्तका ११ जना आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरेको छ । यससँगै मर्जर सम्पन्न नभएसम्मका लागि आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का रहनेछ ।

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ३ (१) मा भएको व्यवस्था अनुसार दुबै संस्थाको आधारभुत सेयरधनीहरुको सोही निर्देशिकाको दफा ७ मा भएको व्यस्था अनुसार साधारण सभा सम्पन्न नभएसम्मका लागि सेयर कारोबार रोक्का राखिएको हो ।

किसान लघुवित्तको रजिष्टर्ड कार्यालय जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका वडा नम्बर ४ मा रहेको छ । यस्तै जाल्पा लघुवित्तको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।