नेपालका युवती सक्षम बनाउन स्ट्याण्डर्ड चाटर्ड बैंकको ५० लाख सहयोग

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नेपालका युवतीहरूलाई सक्षम बनाउन सिक्वेल फाउन्डेसनलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

सिक्वेल फाउन्डेशनले दुर्गम क्षेत्रका युवतीको क्षमता विकासका लागि ‘शिल्प: सेपिङ द फ्युचर प्रोजेक्ट’ मार्फत व्यक्तिगत तथा व्यावसायिक स्तरोन्नतिका लागि आवश्यक विभिन्न तालिम दिँदै आएको छ । सोहि परियोजनाका लागि स्ट्याण्डर्ड चार्टड बैंकले उक्त रकम सहयोग गरेको हो ।

हाल यो परियोजनाले बागमती तथा कोशी प्रदेशका जिल्लाहरुमा उच्च शिक्षाबाट बन्चित भएका वा कलेज छाड्न बाध्य भएका महिलाहरुलाई ड्राइभिङ, मेसीन अप्रेसन, ब्युटिसीयन, सिलाई–बुनाई लगायतका विभिन्न तालिमहरु प्रदान गरी उनीहरुलाई आर्थिक रुपमा सम्पन्न हुन सहयोग गरिरहेको छ ।

शिल्प परियोजना संस्थाले सञ्चालन गर्दै आएको किशोरी परियोजनाकै एक स्वरुप हो । यी दुई परियोजना मार्फत सातै प्रदेशका करिब २०० महिलाहरु लाभान्वित भएका छन् । आर्थिक रुपमा सबल भएका यी महिलाहरुले छुटेको पढाइ पुनः सुचारु गर्ने गरेको फाउन्डेसनकी प्रबन्ध निर्देशक आस्था शर्माले बताइन् । बैंकले गरेको सहयोगले शिल्प परियोजनालाई आर्थिक रुपमा मात्रै नभई उनीहरुलाई डिजिटल वल्र्डसँग जोड्न र उनीहरुको आर्थिक समृद्धिको आधारस्तम्भ बन्ने शर्माको भनाइ रहेको छ ।

संस्थालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै बैंकका कर्पोरेट अफेयर्स, ब्रान्ड तथा मार्केटिङ प्रमुख हर्ष पिल्लाईले शिक्वेलसँगको साझेदारीले आफूहरुले दुर्गम क्षेत्रका विपन्न महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने मौका पाएकोमा खुशी व्यक्त गरेका छन् । यस्तै शिक्वेलले सञ्चालन गरेको किशोरी र शिल्प परियोजनाको उद्देश्य बैंकले विश्वव्यापी रुपमा सञ्चालन गर्दै आएको “फ्युचर मेकर्स बाइ स्ट्याण्र्डड चाटर्ड”सँग मेल खाएको बताएका छन् ।

स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले समाजप्रतिको आफ्नो उत्तरदायित्व निर्वाश गर्दै विभिन्न समयमा दुर्गम क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको परियोजनाका लागि सहयोग गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।