काठमाण्डौं महानगरलाई पार्किङ शुल्क लिने विषयमा हस्तक्षेप नगर्न उच्च अदालतको आदेश


पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाण्डौं महानगरपालिका नाममा शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश गरेको हो । अदालतले शुल्क लिन हस्तक्षेप गर्नुपर्ने विषयमा महानगरपालिकासँग लिखित जवाफसमेत माग गरेको छ भने दुवै पक्षको छलफलका लागि यही साउन ३० गते बोलाएको छ ।

काठमाण्डौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । उक्त निर्णयविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएनका तर्फबाट मोहन बास्तोलाले उक्त अदातलमा रिट निवेदन दायर गरेका थिए ।

उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले आदेश गरेको हो । अदालतको अर्को आदेश नआएसम्म व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार  ०५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।