आईपीओ बन्द गरेको ३ दिनमा सेयर सूचीकृत गर्नुपर्ने

0
Shares

भारतीय पुँजीबजार नियामक संस्था–सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी)ले सार्वजनिक निष्काशन गरेपछि सेयर सूचीकृत गर्नुपर्ने समय घटाएको छ ।

हाल भारतमा कुनै पनि कम्पनीले आइपीओ जारी गरी आवेदन बन्द गरेको ६ दिनभित्रमा सेयर सूचीकृत गर्नुपर्ने प्रावधान रहेको छ । सेबीको जुन महिनामा बसेको सञ्चालक समितिको बैठकले सेयर सूचीकृत गर्नुपर्ने समय ३ दिनले घटाएर सेयर निष्काशन बन्द भएको ३ दिनमा नै सूचीकरण गर्नुपर्ने प्रावधान अगाडि सारेको हो।

यो प्रावधान सेप्टेम्बर १ देखि सुरु गरिने सेबीले जनाएको छ । सेप्टेम्बर १ देखि आइपीओ जारी गर्ने कम्पनीहरुले ऐच्छिक रुपमा टी +३ प्रणाली लागु गर्न सक्नेछन्। तर डिसेम्बर १ देखि आइपीओ जारी गर्ने कम्पनीहरुले अनिवार्य रुपमा टी +३ प्रणाली पालना गर्नुपर्नेछ ।

सेबीको यो नियमले लगानीकर्ता तथा आइपीओ जारी गर्ने कम्पनीलाई फाइदा हुने विश्वास गरिएको छ । लगानीकर्ताले आइपीओ नपरेको खण्डमा केही दिनमा नै आफ्नो लगानीको रकम फिर्ता पाउनेछन् भने कम्पनीले आफूले सेयर निष्काशन मार्फत प्राप्त गर्ने पुँजी छिटोछरितो रुपमा प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।