निर्जीवन बीमा र होटलको सेयरमा अधिक खरिद चाप, बजारमा सामान्य सुधार


पछिल्ला दिनहरुमा उतारचढाव झेलिरहेको सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । बजार खुलेको झण्डै २ घण्टासम्म स्थिर अवस्थामा बसेको बजार पछिल्लो २ घण्टामा सामान्य वृद्धिको अवस्थामा गएको हो ।

बिहीबार बजार परिसुचक नेप्से ५.१३ अंकले बढेर २०६६.०५ अंकमा उक्लिएको छ । उतार चढावका बिच स्थिरप्राय अवस्थामा रहेको बजार २००० र २१०० अंकको बिचमा बसिरहेको छ । यस क्रममा बुधबार ४१.०६ अंकको सुधार देखिएको बजार बिहीबार सामान्य अंकले बढेको हो ।

बिहीबार बुधबार २६९ कम्पनीका ५५ लाख ३ हजार २१ कित्ता सेयर ५७ हजार ७८९ पटक किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार १ अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाको कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार कारोबार रकम झण्डै २८ करोडले बढेको हो ।

बिहीबार कारोबारमा आएका मध्ये धेरै कम्पनीको सेयरमूल्य घटेको छ भने बढ्ने कम्पनीको संख्या पनि घट्नेको हाराहारीमा नै छ । यस दिन होटल समुहमा १४८.९१ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समुहमा पनि १३५.२१ अंकको सुधार आएको छ । उत्पादन समुहमा ३३.४१ अंकको सुधार देखिएको बजारमा व्यापारमा ३१.८३, अन्यमा ७.५४, जलविद्युतमा ६.९६ अंकको सुधार आएको छ । विकास बैंक समुह ११.१२ अंकले घटेको बजारमा वित्तमा ७.०५, जीवन बीमा ९.६९ अंकले घटेको छ ।

ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेको बजारमा कारोबार योग्य सेयरको गणना गर्ने फ्लोट इण्डेक्स ०.२१ अंकले बढेको छ । बिहीबार धेरै सेयरमूल्य बढ्ने कम्पनीहरुमा अभियान लघुवित्तको १० प्रतिशत, सिंगटी हाइड्रोको साढे ७ प्रतिशत, स्वेत गंगा हाइड्रोको साढे ६ प्रतिशत रहेका छन् ।

हिमालयन लघुवित्तको सेयर मूल्य साढे ६ प्रतिशतले घटेको बजारमा सुपर मादी हाइड्रो, ग्रन डेभलपमेण्ट बैंक, एशियन हाइड्रोपावर, समता घरेलु लघुवित्त लगायत कम्पनीको सेयरमूल्य धेरै घटेको छ ।

कारोबार रकम र कारोबारमा आएको सेयर संख्याका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको बजारमा कारोबार संख्याका आधारमा पनि आईएमई लाइफ पहिलो स्थानमा रहेको छ ।
बजारमा आएको सामान्य सुधारसँगै बिहीबार समग्र बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब १९ करोड १२ लाख ४८ हजार ८८३ कायम भएको छ । बुधबार यस्तो पुँजीकरण ३० खर्ब ५३ अर्ब ५८ करोड ६४ लाख १८ हजार ४५ रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।