अप्पर लोहोरेको आईपीओ सोमबार बाँडफाँड हुँदै, कतिले पाउँछन् सेयर ?

0
Shares

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) साउन २९ गते सोमबार बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार सोमबार साँझ ५ बजे आईपीओ बाँडफाँड हुने तय भएको जनाएकाे हाे ।

धितोपत्र निष्कासन तथा बाँडबाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ जसमा १ लाख ९५ हजार ३२७ जनाले मात्र सेयर हात पार्नेछन् ।यो संख्या कुल आवेदकको १४.३५ प्रतिशत मात्र हो । यसको मतचलन कम्पनीको आईपीओ भरेका १०५ जनामध्ये १५ जनाले सेयर हात पार्नेछन् भने ९० जनाको हात खाली हुनेछ ।

आईपीओ प्राप्त गर्ने उल्लेखित १ लाख ९५ हजार ३२७ जना लगानीकर्तामध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता सहित ११ कित्ताका दरले ९९ कित्ता सेयर हात पार्नेछन् भने १ लाख ९५ हजार ३१८ जनालाई १० कित्ताका दरले १९ लाख ९३ हजार १८० कित्ता सेयर बाँडफाँड हुनेछ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म स्थानीय बासिनदा, वैदेशिक रोजगारीमा रहेका, कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ५३ हजार २७९ कित्ता सेयरको सार्वजनिक बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १३ लाख ६१ हजार १५४ जनाले कुल १ करोड ५३ लाख ४७ हजार ४७० कित्ताको लागि १ अर्ब ५३ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो अन्तिम दिनसम्मको तथ्याङ्क हो । यसमा बिक्री प्रबन्धकले रितपुर्वक नपरेको आवेदन रद्द गरी आईपीओ बाँडफाँड गर्नेछ । अन्तिम दिनसम्मको तथ्याङ्कलाई आधार मान्दा बाँकी ११ लाख ६५ हजार ८२७ जनाको भने हात खाली हुने देखिन्छ । यद्यपी बाँडफाँडको अन्तिम तथ्याङ्कमा केही फेरिबदल भने हुन सक्नेछ ।

जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । यसमध्ये स्थानीय बासिन्दालाई ५ लाख ९ हजार ८०४ कित्ता सेयर निष्कासन गरेकोमा २ लाख ६ हजार ७६० कित्ता (अवितरित ३ लाख ३ हजार ४४ कित्ता सर्वसाधारणमा थप गरिएको) बाँडफाँड सम्पन्न भैसकेको छ ।

यस्तै कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १९ लाख ८८ हजार २३६ कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । यसरी बाँकी रहेको कर्मचारीलाई लागि ३९ हजार ७६५ कित्ता (२ प्रतिशत) र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता (५ प्रतिशत)सेयर छुट्याइएको थियो । यसरी बाँकी रहेको १६ लाख ५० हजार २३५ कित्ता र स्थानीयबाट अवितरित भएको ३ लाख ३ लाख ३ हजार ४४ कित्ता सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।