कुमारी क्यापिटलले लाभांश पारित गर्न बोलायो साधारण सभा


कुमारी क्यापिटलले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । कुमारी बैंकको भगिनी संस्था कुमारी क्यापिटलले भदौ २१ गते टंगालस्थित कुमारी बैंकको कार्यालयमा साधारण सभा आह्वान गरेको हो ।

क्यापिटलले गत आर्थिक वर्ष २०७९।०८० को आम्दानीबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात ६ करोड रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश कुमारी बैंकले पाउनेछ भने बैंकको आम्दानीमा जोडिनेछ ।

क्यापिटलले साधारण सभामा अन्य नियमित विषयहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।