प्रभु बैंकको २०१ औं शाखा सर्लाहीको मलंगवामा खुल्यो

0
Shares

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ०९ स्थित मलंगवामा आप्mनो २०१ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको मलंगवा शाखा कार्यालयको समुद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे । उक्त शाखाको उद्घाटन गर्दै साहले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

बैंकको मलंगवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विस्वास छ ।

साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा मलंगवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।