प्राइम र कैलाशले एकैदिन बोलाए साधारण सभा, एक्वायरसँगै यस्ता छन् एजेण्डा

0
Shares

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबिचको एक्वायर सम्झौतालाई अन्तिम रुप दिन दुवै बैंकले पुस २५ गते एकैदिन साधारण सभा आह्वान गरेका छन् ।

प्राइमको साधारणसभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुनेछ भने कैलाशको अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, काठमाण्डौमा बिहान १० वजे शु्रु हुनेछ ।

प्राइम बैंकको साधारण सभाले कैलाश विकास बैंकलाई प्राप्ती गर्ने एजेण्डा पारित गर्नेछ । बैंकले कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो दिदे भएको छ ।

त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्ने जनाएको छ । जस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यस्तै कैलाश विकास बैंकको साधारण सभाले प्राइम बैंकसँग एक्वीजिसनमा जाने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक बर्षको प्रस्तावित १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी कूल १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्राइम बैंकले एक्वायर गर्ने सम्झौता पश्चात भएपश्चात गत असार २२ गते देखि कैलाशको शेयर कारोबार रोक्का छ। असार २१ गतेसम्म नेप्सेमा कारोबार भई पुस १८ गतेसम्म शेयरधनी कायम भएकाहरुले लाभांश पाउने बैंकले जनाएको छ।