मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य

0
Shares

नेपाली पूँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ्ग कम्पनी मुक्तिनाथ क्यापिटल र नेपालकै पहिलो पब्लिक ट्राभल कम्पनी, गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी तथा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम मुक्तिनाथ क्यापिटलले गुरु ट्राभल्सका सेवाग्राहीहरुका लागि डिम्याट खाता सञ्चालन र लगानी व्यवस्थापन सेवा लगायतका आफ्ना सेवाहरुमा विषेश छुट प्रदान गर्ने तथा गुरु ट्राभल्सले क्यापिटलका हितग्राही खातावालाहरु (Demat Account Holders) तथा लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई ट्राभल्स सेवा अन्तर्गत युरोप, एशिया तथा अन्य गन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा सुविधाहरु प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

व्यवसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल गर्ने जनाए । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुका उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।