दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न प्रस्ताव पारित गर्दै

0
Shares

दुई हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन गर्न साधारण सभाबाट प्रस्ताव पारित गर्ने भएका छन् ।

ज्ञानेश्वर काठमाण्डौंमा रजिष्टर्ड कार्यालय रहेका स्नो रिभर्स लिमिटेड र हिलटन हाइड्रो इनर्जी लिमिटेडले साधारण सभाको विशेष प्रस्तावमा सेयरको प्रारम्भिक सार्वजनिक निष्कासनका सम्बन्धमा छलफल गरी कति सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गर्ने भएका हुन् ।

स्नो रिभर्स लिमिटेडले भदौ २७ गते र हिलटन हाइड्रो इनर्जी लिमिटेडले भदौ २८ गते बिहान १० बजे क्रमशः दोस्रो र पहिलो वार्षिक साधारण सभा आह्वान गरेका हुन् ।

दुबै कम्पनीले सेयर जारी गर्न नियमन निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने अवस्था आईपरेमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्नेछन् । सभाले नियमावलीको नियम २८ (२) र नियम २९ को संशोधन गर्ने भएको छ ।

यस्तै दुबै कम्पनीको सभाले सञ्चालक समितिको आव २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९–८० को वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने एजेण्डा राखेका छन् । साथै सभाले आव २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन समेत गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।