बुधबार छापावाला सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ । आज सुनको भाउ १ सय रुपैयाँले वृद्धि भएको हो । हिजो उक्त सुन १ एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख ९ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदी १० रुपैयाँले वृद्धि भएको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९०३ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया