हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने जनाएको छ । इन्स्योरेन्सले पृथ्वी बहादुर पाँडेको नाममा रहेको एक सय रुपैयाँ अंकित दरको ६७ हजार ४८१ कित्ता सेयर बिक्री गर्ने भएको हो  ।

सेयरको न्युनतम मूल्य २ सय रुपैयाँ तोकिएको छ । इन्स्योरेन्सको संस्थापक सेयरमा संस्थापक सेयरधनीले आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुलाउने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले इन्स्योरेन्सको केन्द्रिय कार्यालय थापागाँउ, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।