सांग्रिला डेभलपमेन्ट बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख ३४ हजार ८७४ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले दिन बन्धु कुँवरको नाममा रहेको १३ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस्तै गोबर्धन अधिकारीको नाममा रहेको २३ हजार कित्ता, गोबर्धन ढकालको नाममा रहेको २३ हजार कित्ता, ज्योती पाण्डेको नाममा रहेको २ हजार कित्ता, माधव प्रसाद मौनालीको नाममा रहेको ६९ हजार ७८५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

यसैगरी बैंकले सुलोचना अधिकारीको नाममा रहेको ७ हजार २६६ कित्ता, अनिश पाखिलेको नाममा रहेको २३ हजार ५०३ कित्ता, पवित्र लाल चुकेको नाममा रहेको १ लाख ५० हजार कित्ता, उमेश कुमारी मुडभरीको नाममा रहेको ५ हजार ९७० कित्ता, शिव लाल भण्डारीको नाममा रहेको १२ हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था वा कम्पनीले पनि आवेदन दिन पाउने छन् । बैंकले यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिइको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएको भन्दै बैंकले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई प्राथमिकता दिएको हो । बैंकको संस्थापक सेयरमा आज भदौ ८ गतेदेखि १५ दिनभित्र आवेदन दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।